काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउनुभएको छ ।
जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाए पनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् ।
मन्त्रिपरिषदमा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ ।
न्यायाधीशहरूबीचको बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन् ।