विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने हुनुभएको छ ।
प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।
यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल हुने भएको छ ।
प्रदेशसभा सचिवालयले विश्वासको मतका लागि प्रदेशसभामा मुख्यमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।