काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।
स्थायी कमिटी सदस्य विष्णु रिमालले आजको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन समिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिनुभएको छ । एमाले महाधिवेशन १०-१२ मंसिरमा हुँदै छ ।