काठमाडौँ । स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्ति भक्तपुरबाट पक्राउ परेका छन् । मध्यपुरथिमि नगरपालिका-१, लोकन्थलीबाट कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१०, पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर मगरलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
लोकन्थली मनहरा आँखा अस्पतालनजिक हुण्डीको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिई अनुसन्धानका क्रममा उनको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको थियो ।
उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।