काठमाडौं । विराटनगर विमानस्थलमा खोला पसेपछि सबै उडान रद्ध भएको छ । दुइटा खोलाको पानी पसेपछि बन्द भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले जानकारी दिनुभयो ।

खरेलका अनुसार कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको छ । पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन । विमानस्थल नजिकैका केसलिया र बास्ता खोलाको पानी भित्र पसेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विराटनगरमा १३३.६ मिलिमिटरसम्म वर्षा भएको थियो । विराटनगरमा दैनिक आउने र जाने गरी ४२ उडान भइरहेको छ । यहाँबाट दैनिक १ हजार यात्रु ओहोर-दोहोर गर्दै आएका छन् ।