काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार र मंगलबारको वर्षाका कारण देशभरि भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

बाढी र पहिरोका कारण ज्यान गुमाएका र पाक्न लागेको बालीको क्षति बेहोरेका किसानलाई तुरुन्त राहात प्याकेज घोषणा गर्न देउवा सरकारसँग एमालेले माग गरेको छ ।  एमाले प्रवक्ता प्रदिप ज्ञवालीले मंगलबार एक विज्ञप्ति जारी गरेर बाढी पहिरोका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खेतीबालीमा ठूलो नोक्सानी बेहोरेका किसानहरुको पीडामा सहानुभुति प्रकट गर्नुभएको छ ।

ज्ञवालीले अवरुद्ध यातायात तत्काल सञ्चालन गराउन, बाढीमा फसेकालाई राहात उपलब्ध गराउन सरकारसँग जोडदार माग गर्नुभएको छ ।