काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।
यसअघिका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको छ । संसदमा नाराबाजी गर्दै आएको एमालेले प्रधानमन्त्री र सभामुखले बोलाएको छुट्टाछुट्टै सर्वदलीय बैठक समेत बहिस्कार गरेको थियो । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो ।