काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताउनुभएको छ ।
व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? भनी ट्विटरमा प्रश्न गर्नुभएको छ ।
निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उहाँको भनाइ छ ।




















