काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदमा बसिरहने नैतिकता गुमाएको टिप्पणी गर्नुभएको छ । शेरबहादुर देउवाले राणाका जेठान गजेन्द्रबहादुर हमाललाई उद्योग तथा आपूर्तिमन्त्री बनाएपछि थापाले राणालाई पद बसिरहने नैतिकता नभएको टिप्पणी गर्नुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा ट्वीट गर्दै अध्यक्ष थापाले निर्दलीय हमाललाई मन्त्री बनाएर परमादेश लेनदेनको उपज बनाएको आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘न्यायपालिकाको विश्वसनियतामा अपुरणीय क्षति भयो । कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चिरहरण भएको छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा शुक्रबार गैरसांसद र कुनै दलमा समेत आबद्ध नभएका गैरसांसद गजेन्द्रबहादुर हमाललाई आपूर्ति मन्त्री बनाउनुभएको छ । नवनियुक्त मन्त्री हमाल प्रधानन्यायाधीश राणाका जेठान हुनुहुन्छ ।