काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सधैं आलोचित व्यक्तित्वका रुपमा रहनुभएको छ । उहाँले शुक्रबार मन्त्रिपरिषद्लाई सरकार गठनको ८८औँ दिनमा उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभयो ।
गत २८ असारमा प्रधानमन्त्री बनेका देउवाले ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदा विवादरहित बन्न सक्नुभएन ।
२०७४ सालमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै विवादमा परेका देउवा अहिले गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएकोमा आलोचित बन्नुभएको छ ।
नाताले जेठान पर्ने भनिएका गैरसांसद हमाललाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।
२४ जेठ २०७४ मा गठन भएको र अन्तिम पटक ३१ असोज २०७४ मा पुनर्गठन गरिएको मन्त्रिपरिषद्लाई तत्कालीन प्रधानमन्त्री देउवाले ६४ सदस्यीय बनाएर विवादमा पर्नुभएको थियो ।
शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद हमाललाई मन्त्री बनाएका देउवाले मन्त्रीको सूचीमा उहाँलाई १९औँ नम्बरमा राख्नुभएको छ ।