काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटोतर्फ लागेको बताउनुभएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सदनमा पेश भएका बिधयेक फिर्ता लिएर मुलुक अध्यादेशबाट चलाउन खोजिएको भए सरकार उल्टो बाटोतर्फ लागेको र बेठिक भएको बताउनुभएको हो ।
उहाँले संसदीय समितिमा लामो समय छलफल भएर सदनमा पेश भएको बिधेयक फिर्ता लिनु उचित काम नभएको तर्क गर्नुभयो । नेम्वाङले एमालेको बिरोधका कारण बिधेयक फिर्ता लिएको भन्नु हास्यास्पद मात्र भएको धारणा पनि राख्नुभयो । आफ्नो मुद्दा लिएर संसदमा बिरोध गरिएको भन्दै बिरोधको औचित्य पूष्टि गर्न आफुहरु तयार रहेको उहाँको भनाई छ ।
त्यस्तै लोकतान्त्रीक समाजवादी पार्टीका बरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारले संसदीय अभ्यास र मर्यादा भत्काउने काम गरेको आरोप लगाउनुभयो । संसदलाई बिफल बनाउने काम बनाउने भएको भन्दै आफुहरु निकै गम्भीर भएको उहाँको भनाई छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकबाट सरकारले केही बिधेयक फिर्ता लिएको थियो ।
https://youtu.be/d4h-v-8rVPI