काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट पनि मन्त्री बनाउँदै मन्त्रिपरिषद्लाई शुक्रबार पूर्णता दिनुभएको छ । सरकार गठन भएको ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरूले साँझ ५ बजेसम्ममा शपथ लिने कार्यक्रम रहेको छ ।
मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाउनुभएको छ ।