गुल्मी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले सिध्याइयो भन्ने सपना देख्नेहरुका सपना आफूहरुले पटक-पटक चकनाचुर पार्दै अगाडि बढेको बताउनुभएको छ ।
नेकपा एमाले कालिगण्डकी गाउँपालिका गुल्मीले दशैं तिहार छट पर्वको अबसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा नेता नेकपा एमालेबाट माधव नेपालसहित केही नेताहरु बाहिरिएको बताउनुभयो ।
पार्टीबाट चोइटिएर केही नेताहरु जाँदा पनि केही फरक नपर्ने बताउनुहुँदै उहाँले एमालेले यस्ता धक्का पटक–पटक चिर्दै आएको बताउनुभयो । उहाँले २०५० सालमा नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रीत त्रिसुलीमा डुबाएर हत्या गरेर केही मान्छेले एमाले कहिल्यै ब्युतिने छैन भनेर सोचेको बताउनुभयो ।
नेता ज्ञवालीले भन्नुभयो ‘तर हामीले धुलो टक्टकायौं शरीरमा लागेका घाउहरुको रगत पुछेयौं, ९ महिने लोकप्रिय सरकार बनायौं, मदन भण्डारीको हत्या गरेर एमाले सिध्याइयो भन्ने सपना देख्नेहरुको सपना चकचुर पार्यौं, पछारिदै उठ्दै अगाडी बढेयौं ।’
‘२०५६ सालमा नेकपा एमाले विभाजन गरियो, ज्ञवालीले भन्नुभयो, ‘अहिले जस्तो होइन ४३ प्रतिशत बिभाजनको पक्षमा लगे तर हामीले कमस खाएर मैदानमा अगाडि बढ्यौं सफलता मिल्यो ।’
उहाँले विभाजन गर्नेहरु शुन्य भएको बताउनुभयो । ‘अर्को चरणमा माओवादी आयो, सबै माओवादी हो कि जस्तो खालको अबस्था नै आयो,’ ज्ञवालीले भन्नुभयो, ‘जातिय क्षेत्रिय, पहिचाहनको राजनीतिको बिगबिगी सबै मान्छे उतै बहकिए जस्तो अबस्था पनि आयो तर हामी बिचलित नभई धुलो टक्टकाएर अगाडि बढ्यौं ।’
उहाँले ०७३ सालमा केपी शर्मा ओली अघिल्लो चोटी प्रधानमन्त्री बन्द नाका बन्दीको सामना गरेर, चिनसँग पारबहन सम्झौता गरेर राष्ट्रियताको स्वाभिमानको शिरमाथि खडा गरेको देशलाई एकपक्ष निर्भरता अत्य गरेको सरकारलाई ९ महिनामै घेराबन्दी गरेको बताउनुभयो । अहिले पनि यसै गरी घेराबन्दीमा पारेको बताउनुभयो ।
‘अहिले हामीलाई धक्का खाएजस्तो सरकारबाट बाहिरिए जस्तो, पार्टी विभाजन भएजस्तो जे देखेका छौं,’ उहाँले भन्नुभयो, ‘जे हामीले देखेका छौं यो अस्थायी कुरा हो जब सूर्यको ताप बिस्तारै बढ्दै जाने छ एमाले जुरुक्क उठ्ने छ यी सबै चुनौती चिरेर अगाडि बढ्ने छ ।’