काठमाडौं । देउवा सरकारले आज शुक्रबार संघीय संसदमा रहेका दुईवटा विधेयक फिर्ता लिने भएको छ ।
केही दिनअघि बसेको मन्त्रिपरिषद् निर्णय अनुसार संघीय निजामति सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिने तयारी गरिएको हो ।
संघीय संसदका दुबै सदनको बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
रेल्वे विधेयक राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन छ । फिर्ता लिन राष्ट्रियसभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ ।