काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्थानीय तहका प्रमुख तथा उपप्रमुखको भेला आयोजना गर्दैछ । राष्ट्रिय सभागृहमा स्थानीय तहका प्रमुख उपप्रमुखको भेला हुने पार्टीको स्थानीय तहका प्रमुख एवं केन्द्रीय सदस्य देवेन्द्र दाहालले बताउनुभयो ।

आज दिउँसो १ बजे हुने सो भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । सो भेलामा आगामी स्थानीय तहको निर्वाचनका बारेमा पार्टीले कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल हुने जानकारी दाहालले गराउनुभयो । उहाँका अनुसार पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको विद्यमान अवस्था र आगामी रणनीतिका बारेमा सहभागीहरुबाट यथार्थ जानकारी लिइनेछ ।

आइतबार सम्पन्न विधान महाधिवेशनमा आएका एमालेका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख,उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुनेछन् ।