काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले आज (आइतबार) विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
जारी महाधिवेशनमा विधान संशोधनका लागि एमाले उपमहहासचिव विष्णु पौडेलले शुक्रबार विधान संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । १० समूहमा समूहगत छलफलपछि आएका सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको थियो ।
पार्टीको पारित संशोधित विधानमा चुनाव चिन्ह सूर्यभित्र हँसिया हथौडा राखिएको छ । त्यस्तै महानगरमा १०१, उपमहागरमा ८५ र नगर तथा गाउँपालिकामा ७५ जना रहने व्यवस्था गरिएको जनाइएको छ ।




















