काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको लोगो संशोधन गरेको छ । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा संशोधन गरेको हो ।
अबदेखि एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले बताउनुभयो । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा राखिएको थियो । अब यो लोगो नै पार्टीको आधिकारिक हुने पौडेलले जानकारी दिनुभयो ।