काठमाडौं । दुई दिनअघि मात्र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्नुभएका राजकुमार लेखीलगायत नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित ५५ जना एमालेमा प्रवेश गर्नुभएको हो ।
पहिलो संविधानसभा विघटन भएपछि एमाले परित्याग गर्नुभएका उहाँले आफ्नै नेतृत्वमा नेपाल नागरिक पार्टी गठन गर्नुभएको थियो । त्यसपछि सो पार्टीलाई राजेन्द्र महतोको सद्भावना पार्टीसँग एकता गर्नुभएको थियो । पछिल्लो पटक जनता समाजवादी पार्टी विभाजित हुँदा उनी महन्थ ठाकुर पक्षमा देखिनुभएका उहाँ एमाले प्रवेश गर्नुअघि उहाँले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गर्नभएको थियो ।
सो कार्यक्रममा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका दर्जनाैँ नेता तथा कार्यकर्ता पनि एमालेमा प्रवेश गर्नुभएको जनाइएको छ ।