काठमाडौं । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एकीकृत समाजवादी पार्टीलाई बैध मान्न नसक्ने बताउनुभएको छ ।
शुक्रबार एमालेको बिधान महाधिवेशनको उद्घाटन सत्रपछि गोदावरीमा सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले एमाले बिभाजन र नेकपा समाजवादीको गठन बिधिसम्वत नभएको र कानूनको बलमिच्चाइले भएकाले समाजवादी पार्टीलाई बैध मान्न नसक्ने बताउनुभएको हो । उहाँले पार्टी बिभाजनका बिषयमा कानूनी प्रतिवाद गरिरहेकाले त्यसको निर्णय नआउँदासम्म समाजवादी पार्टीलाई बैध मान्न नसक्ने बताउनुभयो ।
त्यस्तै उहाँले संसदको गतिरोधका बिषयमा प्रधानमन्त्री र सभामुखसंग छलफल गर्न एमाले तयार रहेको उल्लेख गर्नुभयो । ज्ञवालीले सत्ता पक्ष र प्रतिपक्षीबीच न्युनतम समझदारी हुनुपर्ने भएपनि सत्तापक्षले तत्परता नदेखाएको आरोप लगाउनुभयो ।
एमाले बिभाजनका लागि सभामुखले भूमिका खेलेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा लगातार बिरोध गर्दै आएको छ ।