काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । विधान महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले विभिन्न मिडिया हाउसका सम्पादकसँग साक्षात्कार गर्ने तयारी गर्नुभएको हो ।

सचिवालयका अनुसार अध्यक्ष ओलीले अपरान्ह साढे ४ बजे अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको हो । पत्रकार सम्मेलनको व्यवस्थापन एमाले प्रचार विभागले गर्ने जनाइएको छ ।

सो पत्रकार सम्मेलनमा विधान महाधिवेशनको तयारी, देउवा सरकारका गलत क्रियाकलापबारे पार्टी धारणा, संसद अवरोध, पार्टीका नयाँ रणनीति र कार्यक्रमबारे अध्यक्ष ओलीले धारणा प्रस्तुत गर्नुहुने बताइएको छ ।