काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनलाई एकतावद्ध बनाउन आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभएको छ“विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्नेछ । हाम्रा आन्तरिक र राष्ट्रिय राजनीतिका समस्या छन् । त्यसमा छलफल गर्नुपर्छ । आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक छ ।”
आजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकको आरम्भमा मन्तव्यसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो ।
बैठकमा प्रस्तुत साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदामा छलफल हुनेछ । अध्यक्ष ओलीले स्थायी कमिटीको सुझावसहित प्रतिवेदन ल्याइएको र विधान महाधिवेशनको व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो ।