काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिने भएको छ । राष्ट्रपति समक्ष खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र पठाइसकिएको बताइएको छ ।
राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय तोक्ने र आजै सपथ हुने बताइएको छ । समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।
खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने बताइएको छ । सत्ता गठबन्धनका नेताहरुको हिजो बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । अन्य मन्त्री नियुक्तिका विषयमा गठवन्धनबीच सहमति जुटेको छैन ।