काठमाडौं । लोकसेवा आयोगले परीक्षा लिदा पनि नजिता प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
२०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत सवै परिक्षा पुरा हुँदा पनि नजिता प्रकाशन नगरेको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
त्यस्तै सवै परीक्षा पूरा भएपछि अन्तिम अवस्थामा कोटा पनि कटौती गरिएको उनीहरुको आरोप छ । लोकसेवाको लापरवाहीले गर्दा संस्थाप्रतिको भरोसा नै उठ्ने अवस्थामा पुगेको उनीहरुले भनाई छ ।
सवै परीक्षा भइसकेपछि नजिता प्रकाशन गर्न र कोटा कटौती नगर्न अदालतले आदेश दिँदा समेत आयोगले आदेशको अपव्याख्या गर्दै नजिता प्रकाशन नगरेको परीक्षार्थीहरुको भनाई छ ।
उनले छिटोभन्दा छिटो सिफारिस सूची टुंगो लगाउनुपर्ने माग गरेका छन् ।
























