काठमाडौं । नेपालमै पहिलो निजी क्षेत्रको कार्गो रेल नेपाल भित्रिएको छ । बुधबार नेपाल–भारत रेलसेवा सुरुवातको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको हो ।
हिम्ड टर्मिनल प्रालीको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो ।
२०६१ सालमा भएको नेपाल–भारत रेलसेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । रेलसेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देशबीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो ।