झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुग्नुभएको छ । अध्यक्ष ओली गृह जिल्लासमेत झापाको विर्तामोडमा आज हुने जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन अध्यक्ष ओली झापा पुग्नुभएको हो ।
नेकपा एमाले पार्टी विभाजनपछि जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली झापा जानुभएको हो । सो कार्यकर्ता भेलामा वडा अध्यक्षदेखि माथिल्लो कमिटीका नेता कार्यकर्ता सहभागी हुने जनाइएको छ ।