Margadarsan


  • गैंडाकोटमा बस र ट्रक ठोक्किए, ३ जनाको मृत्यु, २४ जना घाइते

    मार्गदर्शन २९ भाद्र २०७८, मंगलवार

    नवलपुर । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

    गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन् ।

    बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

    फेसबुक प्रतिक्रिया