काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको वडा अधिवेशन नमान्ने उद्घोष गरेको छ । साथै सो समूहले उक्त जिल्लाको वडा अधिवेशन पुनः गर्नुपर्ने जोडदार माग गरेको छ ।
साथै त्यहाँ देखिएको अनियमितता र स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा नदोहोर्याउन पौडेल समूहले देउवालाई चेतावनी दिएको छ ।
पौडेल समूहका केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले डडेलधुरामा एकपक्षीय रुपमा भएको वडा अधिवेशन स्वीकार्य नहुने निर्णय गरेको बताइएको छ ।
‘जुन किसिमको भयो भनिएको छ, त्यसलाई स्वीकार गर्न तयार छैन’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो, ‘महाधिवेशन निष्पक्ष हुन्छ भनेर सभापतिले डडेलधुराबाटै विश्वास दिलाउनुपर्छ ।’
हेर्नुहोस् विज्ञप्ति