काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा पूरै असफल सभापति भएको बताउनुभएको छ । देउवाले पार्टीमा एकलौटी ढंगबाट निरंकुश शासन चलाउन खोजेको आरोप लगाउनुभयो ।

नेता कोइरालाले भन्नुभयो “अहिले पार्टी सभापति नै प्रधानमन्त्री हुनुहुन्छ । यो सरकार सफल भएन भने कांग्रेस पनि सफल हुन्न भन्ने हामीलाई थाहा छ । तर हठात् संसद् बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो ।” ओलीले त्यही अध्यादेश ल्याउँदा हामीले विरोध गरेको थियौं, अहिले उहाँले त्यही काम गर्नुभयो । ओलीले गर्दा बेठीक हुने , हामीले गर्दा कसरी ठीक हुन्छ ? उहाँको प्रश्न थियो । सभामुखप्रति इंगित गर्दै उहाँले भन्नुभयो “१४ जना सांसदलाई किन नहटाएको भन्नेबारे उहाँले जवाफ दिनुपर्छ । सत्तापक्ष र प्रतिपक्षलाई समेटेर लैजाने काम सभामुखको हो ।” उहाँको भनाइ थियो ।

यता आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेको छ । उनीहरुले आजको सदन पनि अवरुद्ध गर्ने तयारी गरेका छन् ।   उनीहरुले सभामुख अग्नि सापकोटाको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।