चितवन । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताउनुभएको छ ।
शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभयो । उहाँले भन्नुभयो- ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछ ।’
महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापनइतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१-२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको बताउनुभयो । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।