संखुवासभा । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले एकजना छिमेकी युवकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवक मृतक तेजबहादुरका नाताले भान्जा पर्छन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपीको पहिचान खुलाएको छैन । तर, पक्राउ पर्ने मानसिक अवस्था कमजोर रहेका व्यक्ति भएको प्रहरीले बताएको छ ।
प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिनेछ ।