काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सुरु भएको हो । सो बैठकमा सहभागी हुन नेताहरु विहान ९ बजे नै पुग्नुभएको थियो ।
शुक्रवार निर्धारित बैठक संसदको कारवाहीका कारण आजलाई सरेको थियो । बैठकले स्थायी कमिटी सदस्यहरुको कार्यविभाजनबारे समेत निर्णय गर्ने बताइएको छ ।
एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो । एमाले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले हिजोको प्रतिनिधिसभा बैठक सञ्चालन गरेका थिए । सो बैठक विधान महाधिवेशन केन्द्रित भएको बताइएको छ ।