काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा राजधानीमा विशाल प्रदर्शन गरिएको छ । सो प्रदर्शन २२ दलीय गठबन्धनले गरेका हुन् ।
एमसीसीविरुद्धको सो प्रदर्शन काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म भएको हो । एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले सो विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर-पकड बन्द गरलगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् । सो प्रदर्शनमा गठबन्धनका तर्फबाट सीपी गजुरेल, नेकपा (माले) का अध्यक्ष सीपी मैनालीलगायत नेताहरुको समेत सहभागिता रहेको थियो ।