काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थलअगाडि प्रदर्शन गर्ने युवाहरुमाथि प्रहरीले ज्यादति गर्दै नियन्त्रणमा लिएको छ ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लागेकै बेला युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् । तर देउवा सरकारको निर्देशनमा प्रदर्शनकारीमाथि प्रहरीले ज्यादति गर्दै नियन्त्रण गरेको छ ।
प्रदर्शनकारीरुरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।
यसअघि एमसीसी सम्झौता खारेजीको माग गर्दै महाराजगञ्जस्थित अमेरिकी राजदूतावासअगाडि केही युवाले गत शुक्रबार प्रदर्शन गरेका थिए ।
दूतावासअगाडि प्रदर्शन गर्ने युवालाई समेत प्रहरीले पक्राउ गरेको थियो । यसका साथै छिमेकी मुलुकविरुद्ध प्रदर्शन नगर्न सरकारले चेतावनी नै दिएको थियो ।
नेपाल भ्रमणमा आज आउन लाग्नुभएकी उपाध्यक्ष सुमारले एमसीसी हेडक्वाटरमा विशेषगरी गरीबी निवारणका लागि लक्षित परियोजनाहरुको सुपरीवेक्षण गर्ने कार्यक्रम तय गरिएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । राजनीतिक खिचातानीका कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।