काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको भन्दै आफ्नै पार्टीको सरकारको खरो आलोचना गर्नु भएको छ ।
कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नंवर २ ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले जयसिंह धामीदेखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झकझक्याउने बेला आएको बताउनुभएको हो ।
उहाँले प्रतिनिधिसभाको बाँकी अवधीभर सरकारले जनताको ढोका खोल्ने गरि काम गर्नुपर्ने धारणा राख्नुभयो । थापाले आगामी चुनावमा कसैको काधमा नचढि बहुमत प्राप्त गर्ने गरि तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीको बिधि बिधान बिपरित काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै बिधि बिधान अनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा कांग्रेसका नेताहरुले वडा, गाउँ–नगर, संघ, प्रदेश लगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।