काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । उनले आज पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजिनामा दिएको पत्र कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका गौतम नेकपा विभाजनपछि दुवै पक्षमा नलागी एकता अभियान चलाइरहेका थिए ।
एमाले ब्युँतिएपछि केही बैठकहरुमा भाग लिएका गौतमले पछिल्लो समय माधव नेपालले एमाले विभाजन गरेपछि निस्क्रिय बसेका थिए ।
गौतमले एमालेबाट राजिनामा दिए पनि अब के गर्ने भन्ने बताएका छैनन् । २०५४ सालमा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए । पछि फेरि एमालेमा फर्किएका थिए ।
गौतमकी श्रीमती प्रतिनिधिसभा सदस्य तुलसा गौतम माधव नेपालको पार्टीमा खुलेकी छिन् भने वामदेव गौतमले हिजो माधव नेपलालाई भेटेर जवज र संघीयताको परिमार्जनलगायतका चार वटा शर्त पूरा गरे आफू पनि सो पार्टीमा लाग्न सक्ने बताएका थिए ।