काठमाडौं । बालुवाटारमा जारी सत्तारूढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकमा मन्त्रालय भागबण्डामा अझै किचलो भएको बताइएको छ ।
गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डामा कुरा मिल्न सकेको छैन । एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा मतभेद देखिएको छ । त्यसैले अर्को बैठक गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने समझदारी भएको छ स्रोतले भन्यो ।
अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिएको छैन । देउवा नेतृत्वको सरकार बनेको डेढ महिना वितिसक्दा पनि नेताहरुले मन्त्रालय बाँडफाँड मिलाउन नसक्दा सर्वत्र आलोचना भएको छ ।
दिनदिनै मन्त्रिपरिषद बिस्तारमा छलफल केन्द्रित भए पनि माधव समूहले ८, माओवादीले ८ र उपेन्द्र यादवले ६ मन्त्रालय दाबी गरेका कारण सहमति जुट्न नसकेको बताइएको छ ।