काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक बसिरहेको छ । सो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
उक्त बैठकमा मन्त्रिपरिषद् बिस्तारबारे छलफल हुने बताइएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेता उपेन्द्र यादवलगायतका नेताहरु सहभागी हुनुहुन्छ ।
सो बैठकमा कुन दललाई कति र कुन–कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउने तयारी रहेको बताइएको छ । माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नो पार्टीको स्थायी कमिटीमा मन्त्रिपरिषद्बारे मंगलबार छिनोफानो हुने बताउनुभएको थियो ।