काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच  मन्त्रालयको भागबन्डा मिलाउन वार्ता भइरहेको छ ।

छलफलका लागि प्रचण्ड र माधव नेपाल बालुवाटार पुगेको स्रोतले बताएको छ । छलफल मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेको बताइएको छ । सत्तारूढ गठबन्धनबीच कुन–कुन मन्त्रालय पाउने भन्ने भागबन्डा मिल्न बाँकी रहेको बेला तीन नेताहरु छलफलमा जुटेका हुन् ।