विराटगनर । प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले शुक्रबार ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
दुवैजना मन्त्रीको शपथ ग्रहण भएको छ । मुख्यमन्त्री आचार्य शुक्रबार बिहानैदेखि मन्त्रिपरिषद् बिस्तारका लागि आन्तरिक छलफलमा जुट्नुभएको थियो । मन्त्री नियुक्त हुनुभएका दुवैजना माधवकुमार नेपाल समूहमा रहेर पछिल्लो समय एमालेमै रहनुभएको थियो ।