काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आउनुभएका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा राष्ट्रपति भण्डारीले नियुक्त गर्नुभएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिनाअघि अर्थात् साउन २५ गतेदेखि उहँ घरबिदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति हुनुभएको थियो ।