काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दाको सुनुवाई आगामी शुक्रबार (भदौ १८ गते) हुने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ ।
सुनुवाइमा सहजताका लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने हुनुभएको छ । उहाँको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नु हुनेछ । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुँदैछ । यो मुद्दामा अन्तिम सुनवाइका बेला पनि प्रधानन्यायाधीश जबरा बिदामा बस्नुहुनेछ ।