काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ गर्नका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।
रौतहटको इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उहाँ २०७६ असोज २६ मा पक्राउ पर्नुभएको थियो ।