विराटनगर । प्रदेश न १ का नवनियुक्त मुख्यमन्त्री तथा नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत फेला पर्नुभएको छ । मुख्यमन्त्री आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत अवस्थामा फेला पर्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उहाँ इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिनुभएको हो ।
मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उहाँको घर पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले प्रहरी टोली मृतकको घर पुगेको बताउनुभयो । प्रहरी स्रोतका अनुसार उहाँ मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ ।