काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सो बैठक मध्याह्न १२ बजेदेखि तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको हो । नेकपा एमालेबाट माधव नेपाल बाहिरिएपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो ।

आजको बैठकले विधान महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गर्ने र नेताहरुको कार्यविभाजन गर्ने स्थायी कमिटीका एक सदस्यले बताउनुभएको छ । पार्टीका कमिटीलाई २०७५ जेठ २ मा फर्काएपछि नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेरको निर्णय आजको बैठकले गर्ने बताइएको छ । बैठकले पार्टी विभाजनको पक्षमा लागेका माधव नेपाल सहितका १४ जना सांसद र ५५ जना केन्द्रीय सदस्यलाई कारबाही गर्ने जनाइएको छ ।