विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएको छ । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता हुनुभएको हो ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन हुनुभएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताउनुभयो ।
आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा शपथग्रहण गराउने तयारी गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले आज दिउँसो मुख्यमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो आचार्यलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराउने जानकारी आएको बताउनुभयो ।