विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा सचिव भीम आचार्यलाई ल्याउने तयारी गरिएको छ । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक आज बसेर आचार्यलाई स‌ंसदीय दलको नेता बनाउन लागेको बताइएको छ ।

पार्टी विभाजनपछि पहिलो पटक आज  संसदीय दल बैठक बस्न लागेको हो । अहिले बिहान  ११ः०० बजे बस्ने बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईले  राजीनामा दिने तयारी रहेको बुझिएको छ । मुख्यमन्त्री राईको राजीनामापछि एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ ।

वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।