काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । स्थायी समिति बैठकले गरेका निर्णयलाई अनुमोदन गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज दिउँसो १२ बजे बैठक बस्न लागेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा पार्टी फुटको प्रभाव, पार्टीको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनैतिक विषयमा छलफल हुने भएको छ ।