काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा विशेष पत्रकार सम्मेलन गर्न लागेको उहाँको सचिवालयले जनाएको छ ।
पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न ओलीले पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । सो सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको समेत उपस्थिति रहने जनाइएको छ ।