काठमाडौँ । जनै पूर्णिमाको रातमा खाने क्वाटीको व्यापार ह्वात्तै घटेकोमा व्यापारीहरु चिन्तित भएका छन् । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको गुनासो गरे ।
असनका स्थानीय एक व्यापारीले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताउनुभयो । क्वाटी तागत दिने खानेकुरा भए पनि यसको व्यापार यस वर्ष धेरै कम भएको उहाँको भनाइ छ ।
असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्यायले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिनुभयो । उहाँले कोहीकोही बुढाबुढीले जनै लगे पनि युवाहरु धेरैले यसलाई लगाउनै छाडिसकेको बताउनुभयो ।