काठमाडौं । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आगामी निर्वाचन एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने दावी गर्नुभएको छ ।
एमालेको भातृ संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले अन्य पार्टी टुक्रिने अवस्था सिर्जना गरिदिए पनि एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने बताउनुभएको हो । उहाँले एमाले सबै प्रकारका षडयन्त्रको बिरुद्ध उत्रने उल्लेख गर्नुभयो । उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न गरेको भन्दै प्रतिगामी कदमबिरुद्ध शसक्त भएर लाग्नु पर्ने बताउनु भयो ।
अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोध प्रर्दन गर्दै आएको छ ।